कास्कीमा १३ जना सहित देशभर ४ सय ३५ जनामा कोरोना संक्रमण

पाेखरा | साउन ५, २०७९

कास्कीमा १३ जना सहित देशभर ४ सय ३५ जनामा कोरोना संक्रमण

 

पोखरा:  पछिल्लो २४ घण्टामा देशभर ४ सय ३५ र कास्कीमा १३ जनामा कोरोना संक्रमित देखिएको छ । 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  पीसीआर परिक्षण र एन्टिजोन परिक्षणगर्दा देशभर थप ४ सय ३५ जनामा र कास्कीमा १३ जनामा कोरोना देखिएको हो ।

 

आज(बिहीबार)  गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले प्रेस विज्ञप्ति प्रकाशित गर्दै कास्कीमा १३ जना सहित गण्डकी प्रदेशमा २४ जनामा कोरोना संक्रमण भएको उल्लेख गरेको छ । 

 

प्रकाशित विज्ञप्तिमा  उल्लेख गरिएको छ ,‘गण्डकी प्रदेशमा अद्यावधिक तथ्याङ्क विवरण बमोजिम कोभिड–१९संक्रमित कुलसंख्या १लाख २ हजार २ सय १९ रहेको छ । र पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर र एण्टीजेन परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’ 

 

विज्ञप्तिमा भनिएको छ,‘ परीक्षणमा गण्डकीको ११ जिल्ला मध्य कास्कीमा १३,तनहुँमा ३ र स्याङ्जाका ८ जनामा कोरोना संक्रमित पाइएको हो । ’

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्